Logo
Logo

नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य



काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध भिडिरहेको नेपालले १६९ रनको लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिले ब्याटिङ गरेको नेपालले ३७. १ ओभरमै सबै विकेट गुमाएर १६८ रन बनाएको हो ।

नेपालका लागि आशिफ शेखले ५८ रन बनाए । कुशल मल्ल ३८, भीम शार्की २६, कुशल भुर्तेल १८, र करण केसीले १२ रन बनाए । नेपालका कप्तान रोहित पौडेल, अनिल साह र देव खनाल शून्य रनमै आउट भए ।

नामिबियाका बर्नार्ड स्कोल्ज र निकोल लोफ्टि–इटनले ४÷४ तथा ज्याक ब्रेसल र जेराल्ड एरास्मसले एक÷एक विकेट लिए ।
नामिबियासँगको पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्