Logo
Logo

१८ जना प्रहरी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन निर्देशन


3.7k
Shares

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आफूखुशी गैरहाजिर रहेका १८ जना प्रहरी कर्मचारीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन जारी गरेको छ ।

प्रधान कार्यालयका अनुसार एकजना प्रहरी सहायक निरीक्षक, एक प्रहरी वरिष्ठ हवलदार, ३ जना प्रहरी सहायक हवलदार र १३ जना प्रहरी जवान एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेका छन् । उनीहरुलाई प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशन गरेर सम्पर्कमा आउन भनेको हो ।

केही प्रहरी मंसिरदेखि गैरहाजिर छन् । खोजी गर्दा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दासमेत कार्यालयको सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनीहरूलाई बाटोको म्यादबाहेक ७ दिनको समय दिएर चित्तबुझ्दो स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन आउन सूचनामा भनिएको छ । अन्यथा, प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने जानकारी सूचनामा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्