Logo
Logo

एमाले कैलालीमा नेतृत्व चयनका लागि मतदान हुँदै


378
Shares

धनगढी । कैलालीमा जारी नेकपा एमालेको नवौं अधिवेशनअन्तर्गत मा नेतृत्व चयनका लागि मतदान हुँदैछ । निर्वाचन कमिटीले बुधबार दिउँसो २ बजे मतदानको कार्यतालिका सार्वजनिक गरेको थियो । तर, मनोनयन दर्ता, उम्मेदवारी नामावली प्रकाशन, दाबी विरोधमा समय लागेका कारण मतदान आजलाई सारिएको हो ।

प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराका अनुसार बिहान ८ बजेपछि मतदानको समय तय गरिएको छ । एमाले कैलालीमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षमा कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्वप्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगानाले प्रतिस्पर्धा गर्दैछन् ।

अध्यक्षमा उम्मेदवारी दिएका जिल्ला कमिटी सदस्य कमलसिंह रानाले भने पाण्डेलाई समर्थन गर्दै फिर्ता लिएका छन् । सुखडमा जारी अधिवेशनको ६ फागुनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

ओलीले सहमतिको प्रयास गर्न निर्देशन दिंदै नेताहरूलाई नभए सोमबार बिहानैदेखि निर्वाचन प्रक्रिया थाल्न भनेका थिए । तर, बुधबारसम्म सहमतिको प्रयास जारी राखेका नेताहरूले सहमति नहुने अवस्था आएपछि मतदान गर्नुपरेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्