Logo
Logo

बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन


441
Shares

काठमाडौं । एमालेको भातृ संगठन अनेरास्ववियुले आज देशैभरका क्याम्पस अगाडि थाल बजाएर प्रदर्शन गरेको छ । बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै देशैभरका क्याम्पसबाट खबरदारी प्रदर्शन गरेको हो ।

ललितपुरस्थित पाटन क्याम्पस अगाडि गरिएको प्रदर्शनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा पनि माग गरिएको थियो । प्रतिवेदनमा मन्त्री ज्वालालाई दोषी करार गरिएको भएपनि राजीनामा नदिएको भन्दै नेकपा एमालेले समेत विरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्