Logo
Logo

रास्वपाद्वारा संसद अवरुद्ध गर्ने चेतावनी


1.3k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराजभक्त श्रेष्ठले संसदप्रति सरकार जबाफदेही नभए संसद् अवरोध र आन्दोलन हुने चेतावनी दिएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक नगरेकोप्रति आपत्ति जनाउँदै यस्तो चेतावनी दिएका हुन् ।

‘त्यो प्रतिवेदन कति लामो छ ? पढ्न गाह्रो भए हामीलाई दिनुस् वाचन गरेर सुनाइदिन्छौँ’ उनले भने, ‘म सरकारलाई चेतावनी पनि दिन चाहन्छु त्यसरी प्रतिपक्षलाई नसुन्दै जाने हो भने संसद् अवरुद्ध हुन्छ । आन्दोलन पनि हुन्छ ।’
जनताको पीडा राख्दा सरकारले नसुनेपछि संसद्मात्रै होइन, सडक पनि अवरुद्ध पार्ने उनले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्