Logo
Logo

योगेश भट्टराईले भने- विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया गलत छ, तुरुन्त रोकौँ


2.6k
Shares

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको नियुक्ति गलत ढंगबाट हुन लागेको भन्दै आपत्ती जनाएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विश्वविद्यालयको उपकुलपतिको छनोट प्रक्रिया नै गलत भएका भन्दै तुरुन्त बन्द गरेर स्वतन्त्र र निष्पक्ष ढंगले प्रक्रिया अघि बढाउनुपर्ने बताए ।

उनले भने, ‘प्रधानमन्त्रीज्यूले स्वच्छ र स्वतन्त्ररुपले उपकुलपति नियुक्ति गर्ने भनेर प्रक्रिया अगाडि बढाउनुभयो । बिडम्बना त्यो प्रक्रियामा कुनै स्वच्छ, निष्पक्ष र पारदर्शिता कुनै पनि थिएन । यसैले यसलाई रोकौँ ।’

उनले विश्वविद्यालयको उपकुलपतिको नियुक्ति प्रक्रिया विपरीत नै नयाँ उपकुलपति नियुक्त हुन लागेको दावी गर्दै भने, ‘उपकुलपति नियुक्ति प्रक्रिया विपरीत नियुक्ति अगाडि बढाएको छ । अनुसन्धान र प्रस्तुतिमा कम नम्बर दिएर अन्तरवार्तामा बढी नम्बर राख्ने अनि अन्तरवार्ताले कसले लिने भन्दा शिक्षामन्त्री, शिक्षा सचिवले । यो हुनै सक्दैन ।’

प्रतिक्रिया दिनुहोस्