Logo
Logo

जनताका काम गर्न नसक्दा व्यवस्थामाथि प्रश्न उठ्न थाल्योः सांसद भण्डारी


567
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारीले जनताका लागि काम गर्न नसकेका कारण व्यवस्थामाथि प्रश्न उठ्न थालेको बताएका छन् ।

बिहबिार बसेको प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै सांसद भण्डारीले मुलुकमा अधिकारसम्पन्न संविधान बनेपनि तीनै तहका सरकारले जनताका लागि काम गर्न नसकेका कारण व्यवस्थामाथि प्रश्न उठ्न थालेको बताएका हुन् । उनले सरकारका काम ठेक्कापट्टा र स्वार्थ पुरा गर्नेमात्रै नभएको जिकिर गरे ।

भण्डारीले गलत आर्थिक नीतिका कारण सीमित व्यक्तिका हातमा मुलुकको अर्थतन्त्र पुगेकाले देशको विकास हुन नसकेको धारणा राखे । सुरु गरेका बिकास निर्माणहरु समयमा नै सम्पन्न हुन नसकेको, हेटौँडा सिमेन्ट उद्योगको प्रभावकारी सञ्चालन हुन नसकेको र किसानले मल, बीउ र बजारका लागि सधैँ माग गर्नुपरेको अवस्थाको अन्त्य गर्नुपर्ने उनले बताए ।

भण्डारीले कृषि क्षेत्रमा रहेको बिचौलियाको बिगबिगीलाई अन्त्य गर्दै यस क्षेत्रको बिकास गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्