Logo
Logo

वाफ महिला च्याम्पियनसिपः इराकविरुद्ध सावित्रा भण्डारीको ह्याट्रिक



 काठमाडौं । वाफ महिला च्याम्पियनसिपमा इराकविरुद्धको खेलमा नेपालका सावित्रा भण्डारी (सम्बा)ले ह्याट्रिक गरेका छन् ।  फ्रान्समा व्यावसायिक फुटबल खेलिरहेका सावित्राले इराकविरुद्ध पहिलो हाफमै ह्याट्रिक गरेको हुन्  । 

जारी  खेलमा नेपालले ३–० को अग्रता लिएको छ ।  खेलको १४ औँ मिनेटमा सावित्राको गोलमा नेपालले सुरुआती अग्रता बनाएको थियो । १७औँ मिनेटमा सावित्रा  व्यक्तिगत दोस्रो गोलमा नेपालले अग्रता दोब्बर पार्‍यो । खेलको ३३ औँ मिनेटमा गोल गर्दै सावित्राले ह्याट्रिक गरे । 

नेपालले समूह चरणको पहिलो खेलमा सिरिया माथि ४–१ को सानदार जित हात पारेको थियो । इराक भने पहिलो खेलमा प्यालेस्टाइनविरुद्ध ३–० ले पराजित भएको थियो ।

नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक छन् । नेपाल र प्यालेस्टाइन दुवैको समान ३÷३ अंक रहेको छ ।

अर्को समूहमा आयोजक साउदी अरब, ग्वाम, लेबनान र जोर्डन छन् । दुवै समूहका शीर्ष दुई टोलीले सेमीफाइनलको यात्रा तय गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्