Logo
Logo

वाफ महिला च्याम्पियनसिपः इराकविरुद्ध सावित्रा भण्डारीको चार गोल



काठमाडौं । वाफ महिला च्याम्पियनसिपमा इराकविरुद्धको खेलमा नेपालका सावित्रा भण्डारी (सम्बा)ले चार गोल गरेका छन् । फ्रान्समा व्यावसायिक फुटबल खेलिरहेका सावित्राले इराकविरुद्ध पहिलो हाफमै चार गोल गरेका हुन् ।

पहिलो हाफमा नेपालले ४–० को अग्रता लिएको छ । चारै गोल सावित्राले गरेका हुन् । खेलको १४ औँ मिनेटमा सावित्राको गोलमा नेपालले सुरुआती अग्रता बनाएको थियो । १७औँ मिनेटमा सावित्रा व्यक्तिगत दोस्रो गोलमा नेपालले अग्रता दोब्बर पार्‍यो । खेलको ३३ औँ मिनेटमा गोल गर्दै सावित्राले ह्याट्रिक गरे । अर्को गोल ४३ औँ मिनेटमा गरेका थिए ।

नेपालले समूह चरणको पहिलो खेलमा सिरिया माथि ४–१ को सानदार जित हात पारेको थियो । इराक भने पहिलो खेलमा प्यालेस्टाइनविरुद्ध ३–० ले पराजित भएको थियो ।

नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक छन् । नेपाल र प्यालेस्टाइन दुवैको समान ३÷३ अंक रहेको छ ।

अर्को समूहमा आयोजक साउदी अरब, ग्वाम, लेबनान र जोर्डन छन् । दुवै समूहका शीर्ष दुई टोलीले सेमीफाइनलको यात्रा तय गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्