काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दैछ । बैठकमा यसअघि भएको छलफल तथा राष्ट्रिय महाधिवेशनलाई कसरी सफल बनाउने, नेताहरूको जिम्मेवारी बाँडफाँड गर्नेलगायत विषयमा छलफल हुने पार्टीका कार्यकारिणी सदस्य प्रकाश अधिकारीले जानकारी दिए ।
बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने छ । बिहीबार बसेको बैठकमा पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल भएको थियो । । आजको बैठकमा पनि उक्त विषयमाथि निरन्तर छलफल हुने उनले बताए ।

‘आजको बैठकमा पार्टीको महाधिवेशन तयारीका लागि मस्यौदा समिति बनाउने, व्यवस्थापनलगायत मुलुकको समसामयिक परिस्थितिबारे छलफल भएको छ । आज पुनः बैठक बसेर औपचारिक निर्णय गर्नेछौँ’ उनले भने । जसपाको राष्ट्रिय महाधिवेशन आगामी जेठ २८, २९ र ३० गते आह्वान गरिएको सो पार्टीले जनाएको छ ।














