Logo
Logo

योगेश भट्टराईकाे प्रश्न- किन मिटरब्याज पीडितको माग सम्बोधन भएन ?


756
Shares

काठमाडौं । नेकपा एमालेले मिटरब्याज पीडितको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै एमालेका सांसद योगेश भट्टराईले मिटरब्याज पीडितको मागमा सरकार गम्भीर नभएको आरोपसमेत लगाए ।

उनले भने, ‘किन मिटरब्याज पीडितको माग सम्बोधन भएन ?’ उनले लघु वित्तको समस्या समाधान गर्न र बैंक तथा वित्तीय संस्थालाई आतंकित गर्ने काम नगर्न पनि सरकारलाई आग्रह गरे ।

उनले भने, ‘आयोगले बुझाएको प्रतिवेदनमा के छरु अहिले संसद चलिरहेको संसदमा आउनुपर्यो । यो कुरा प्रधानमन्त्रीले बताउनुपर्छ ।’

उनले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको कारणले घटना भएको प्रतिवेदनमा उल्लेख भइसकेपछि पनि झण्डा हल्लाएर हिँड्न नमिल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्