Logo
Logo

आइतबारदेखि डिजिटल बैंकिङ कारोबारको शुल्क नलाग्ने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ चैत ।
कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि बैंकिङ क्षेत्र पनि एकजुट भएका छन् । आइतबारबाट डिजिटल कारोबार गर्दा शुल्क निर्णय गरिएको छ ।
शुक्रबार कामु गभर्नर चिन्तमणि शिवाकोटीको नेतृत्वमा बैंकर्स र राष्ट्र बैंकका अधिकारीहरू बीचको छलफलले डिजिटल कारोबारमा कुनै पनि शुल्क नलिने निर्णय गरेको हो ।


डिजिटल कारोबार निःशुल्क गर्दा बैंकको काउन्टरमा हुने भिडभाड कम हुने र त्यसले कोरोनाको संक्रमण फैलिनबाट रोक्न मद्दत पुग्ने भन्दै वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले यस्तो व्यवस्था मिलाएको हो ।
बैंकर्स संघले आइतबारबाट डिजिटल कारोबामा शुल्क नलिने निर्णय गर्दै कामु गभर्नरसँग भेटेको थियो । बैंकर्स संघले डिजिटल भुक्तानी तथा अन्तर बैंक एटीएम सेवालाई पनि निःशुल्क गर्ने निर्णय गरेको हो । ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्न निःशुल्क सेवा प्रदान गर्ने निर्णय गरेको बैंकर्स संघले जनाएको छ । पैसाबाट समेत संक्रमण हुन सक्ने भएकाले डिजिटल कारोबारमा जोड दिइएको छ ।
अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण अनलाइन बैंकिङ कारोबार निःशुल्क गर्ने निर्णय र्भको छ ।

प्रतिक्रिया दिनुहोस्