Logo
Logo

सांसदबाट राजीनामा दिएर सडकमा जान ज्ञानेन्द्र शाहीलाई माधव सापकोटाको सुझाव


1.8k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलाई सांसदको पदबाट राजीनामा गरेर सडकमा जान सुझाव दिएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा राप्रपाका सांसद शाहीले बालकुमारी घटनाबारे सम्बन्धित मन्त्री र प्रहरीलाई कारबाही गर्नेबारे प्रस्ट जवाफ नआए संसद चल्न नदिने चेतावनी दिएपछि माओवादी सांसद सापकोटाले उनको प्रतिवाद गरेका हुन् ।

‘भर्खर माननीय ज्ञानेन्द्र शाहीले भन्नुभयो, संसद चल्दैन, नचलाउनुस् केही छैन । संसद बन्द गर्न, अराजकता प्रदर्शन गर्न, हुलहुज्जत गर्न, मनलागि गर्न जनताबाट निर्वाचित भएर आएको हो ?’, उनले प्रश्न गर्दै भने, ‘ तपाईँहरु शासन व्यवस्थाको कुरा पनि गर्नुहुन्छ, तपाईँहरुलाई यो शासन व्यवस्था गलत छ भन्ने लाग्दछ भने सांसदको पदबाट राजीनामा गरेर सडकमा जानुस् ।’

सांसद सापकोटाले विद्रोह गर्ने अधिकार रहेको, तर यही संसदमा बसेर संसद चल्न नदिन नमिल्ने भन्दै विपक्षी सांसदलाई हुलहुज्जत नगर्त आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस्