Logo
Logo

अझै सुचारु हुन सकेन संसद बैठक, सभामुखले थाले छलफल


882
Shares

काठमडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक सहज रुपमा सुचारु गर्न विभिन्न दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र विपक्षी दलका सांसदहरूको भनाभन नै भएपछि अवरुद्ध भएको सदन सञ्चालनका लागि सभामुखले संवाद अघि बढाएका हुन् ।

बिहान ११ बजे बसेको बैठकमा दलका सांसदहरूबिच विवाद उत्पन्न भएपछि घिमिरेले १५ मिनेटका लागि भनेर बैठक स्थगित गरेका थिए । तर, डेढ घण्टा बित्दा पनि बैठक सुरु हुन सकेको छैन । बैठक सहज रूपमा अघि बढाउनका लागि सभामुखको कार्यकक्षमा दलका प्रमुख सचेतक र सचेतकसँग सभामुखले छलफल गरिरहेको विज्ञ शेखर अधिकारीले जानकारी दिए ।

बैठकमा एमाले, राप्रपा र रास्वपाले गत पुस १३ गते बालकुमारीमा २ युवा प्रहरीको गोलीबाट मारिएको घटनामा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेको छ । साथै सो छानबिन प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ ।

यस्तै अख्तियारले बयान लिएका स्वास्थ्य मन्त्री मोहन बस्नेत र रामग्राम निजी कम्पनीलाई दिने प्रक्रियामा पर्यटन मन्त्री सुदन किरातीको संलग्नता रहेको भन्दै उनीहरूलाई पनि सरकारबाट हटाउन माग गर्दै आएको छ । प्रतिपक्षी दलले राखेको माग सरकारले सम्बोधन नगर्दा संसदमा गतिरोध उत्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्