Logo
Logo

प्रधानमन्त्रीले आज देशवासीलाई सम्बोधन गर्ने


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ७ चैत ।  कोरोना भाइरसको कारण देशको जनजीवन अस्तव्यस्त बन्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीलाई सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले आज अपरान्ह ६ बजे नेपाल टेलिभिजन र रेडियो नेपालबाट सम्बोधन गर्ने भएका हुन्।


संक्रमणबाट देशबासीलाई सुरक्षित राख्न सरकारी प्रयास चलिरहेका बेला प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् । भिडभाड गर्न नहुने भएकाले सम्बोधनमा निजी सञ्चार माध्यमलाई बोलाइएको छ ।
गत फागुनमा मिर्गौलाको दोस्रो प्रत्यारोपण गराएका प्रधानमन्त्रीलाई संक्रमणबाट जोगाउन सम्बोधनका क्रममा अन्य पत्रकारलाई रोकिने भएको हो। प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण गरिएको तीन साता भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्