काठमाडौं, ७ चैत ।
सरकारले भारतसँगको नाका बन्द गर्ने तयारी गरेको छ । नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा कोरोना संक्रमण बढेपछि नाका बन्द गर्न लागिएको हो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोराना संक्रमण रोकनाथ उच्चस्तरीय समितिले आज यससम्बन्धि निर्णय गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि पोखरेलले बैठक बोलाएका छन् ।
समितिले थप निर्णयहरु गर्ने बताइएको छ । सबै अन्तर्राष्ट्रिय उडानहरु रोक्नेसम्मको निर्णय हुने सम्भावना रहेको स्रोत बताउँछ ।
अघोषित रुपमा लकडाउनकै अवस्थामा जाने सरकारको तयारी छ । संक्रमण नेपालमा देखिएमा नियन्त्रण साह्रै गाह्रो हुन सक्ने भएकाले कडाई गर्न लागिएको हो ।











