Logo
Logo

‘वाफ वुमन्स च्याम्पियनसिप’मा आज नेपालले प्यालेस्टाइनसँग खेल्दै



काठमाडौं । साउदी अरेबियामा जारी ‘वाफ वुमन्स च्याम्पियनसिप २०२४’मा नेपालले समूह चरणको अन्तिम खेलमा आज प्यालेस्टाइनसँग खेल्दैछ ।

यसअघि समूह ‘बी’बाट नै दुवै टोली सेमिफाइनल पुगिसकेकाले आजको खेलमा समूह विजेताको निर्णय हुनेछ । आजको खेल जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा हुँदैछ । खेल अहिले ११ बजेबाट सुरु हुँदैद्ध ।

पहिलोपटक यस प्रतियोगिता खेलिरहेको नेपालले पहिलो खेलमा सिरियालाई ४–१ र दोस्रो खेलमा इराकलाई ५–० ले पराजित गरेको थियो । उता प्यालेस्टाइनले पहिलो खेलमा इराकलाई ३–० र दोस्रो खेलमा सिरियालाई १–० ले हराएको थियो ।
प्यालेस्टाइनलाई पराजित गर्दै समूह विजेता बनेमा नेपालले सेमिफाइनलमा लेवानानसँग खेल्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्