Logo
Logo

नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै, दुई खेलाडी परिवर्तन


2k
Shares

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दैछ । नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

आजको खेलमा नेपालले दुई खेलाडी परिवर्तन गरेको छ । आज टिममा आरिफ शेख र गुल्सन झा खेल्दैछन् । देव खनाल र सोमपाल कामी बाहिरिएका छन् । आजको खेल जारी सिरिजको अन्तिम खेल हो ।

पहिलो सिरिजको तीन खेल खेलिसक्दा नेपालले १ जित र दुई हार ब्यहोरेको छ । नेपाल नामिबियासँग भएको दुबै खेलमा पराजित भएको थियो भने नेदरल्याण्ड्सविरूद्ध ९ विकेटको जित निकालेको थियो ।

यस सिरिजमा नामिबिया ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ भने एक जित निकालेको नेपाल र नेदरल्याण्ड्स २–२ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्