Logo
Logo

माओवादी बैठकको समय सर्यो


567
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक तीन बजेका लागि सरेको छ । अहिले बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको बैठक आजै दिउँसो ३ बजेसम्मका लागि सारिएको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

आजको बैठकमा रूपान्तरण अभियानको मूल्याँकन, आगामी अभियानको तयारी, कार्यविभाजन लगायतका विषयमा छलफल गर्ने एजेन्डा रहेको छ । यसअघि शुक्रबार बस्ने भनिएको बैठक पार्टी अध्यक्ष प्रचण्डको कार्यव्यस्तताका कारण स्थगित भएको थियो । बिहीबार बसेको बैठकमा १० प्रदेशका इन्चार्जहरूले अभियानको समीक्षात्मक रिपोर्ट प्रस्तुत गरेका थिए ।

पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठकमा काम गर्ने–नगर्ने नेताहरूको मूल्याँकन गरी पुरस्कार र सजाय घोषणा गर्ने कार्यसूची रहेको छ । साथै चैत–बैशाखमा सञ्चालन हुने अभियानबारे छलफल गरी नेताहरूको कार्यविभाजन हुने सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्