सिन्धुली । सिन्धुलीमा क्रान्तिकारी माओवादी र मसालको सिंगो जिल्ला कमिटी नेकपा एमालेमा समाहित भएको छ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले एक कार्यक्रमबीच दुई पार्टीका जिल्ला कमिटी पदाधिकारी तथा सदस्यलाई आइतबार एमालेमा स्वागत गरेका छन् ।
मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालका जिल्ला सेक्रेटरी सन्तबहादुर विक नेतृत्वको टोली र मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको जिल्ला कमिटी एमालेमा समाहित भएको हो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई एमालेमा उचित जिम्मेवारी दिने उपमहासचिव रिमालले बताए ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्यहरू विषमलाल अधिकारी दनुवार, मनोजजंग थापा, कमलजंग राई, सुभाष देवकोटालगायतले सम्बोधन गरेका थिए ।














