Logo
Logo

अस्पतालमा शिशु छाडेर आमा बेपत्ता



काठमाडौं । नारायणी अस्पताल, वीरगञ्जमा छोरी जन्मिएको भन्दै परिवारले झगडा गरेपछि एक जना महिला नवजात शिशु छाडेर हिँडेका छन् । जिल्ला प्रहरी कार्यालय, पर्साका डीएसपी कुमार विक्रम थापाका अनुसार, १२ फागुनमा एक जना महिलाले शिशुलाई जन्मदिएका थिए ।

तर, साँझ ती महिला र उनको सासु बच्चालाई छाडेर सम्पर्कविहीन भएको भन्दै जानकारी आएको थापाले बताए । प्रहरीका अनुसार, ती महिलाले अस्पतालमा भर्ना हुँदा आफ्नो नाम ‘सीता देवी’ र ठेगाना ‘रानीघाट–६, वीरगञ्ज’ टिपाएका थिए । प्रहरीले भने नाम र ठेगाना समेत गलत टिपाएको जस्तो देखिएको बताएको छ ।

‘योजनाबद्ध रुपमा नै छाडेर हिँडेको जस्तो देखिन्छ’, थापाले भने, ‘यद्यपि, सीसी टीभी फुटेज लगायतका आधारमा खोजी गरिरहेका छौं ।’ उनीहरुलाई देख्नेहरुले भने शिशुलाई जन्मदिएका महिला र उनको सासुबीच अस्पतालमा झगडा भएको देखेको बताएका छन् । उनीहरुले मोबाइल नम्बर पनि टिपाएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्