Logo
Logo

झापाको रतुवा र दिपिनी खोला किनारको सार्वजनिक जग्गा व्यक्तिको नाममा


1.2k
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको रतुवा र दिपिनी खोला किनारको सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

झापाको दमक नगरपालिका वडा नं १३ र १४ मा पर्ने रतुवा र दिपिनी खोला दोभानको उत्तरतर्फका सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा नापी र मालपोतका कर्मचारी, जग्गाधनी र विचौलियालाई मुद्दा दायर गरेको हो ।

झापाको बालुवाटार भनेर चिनिने खोला किनारको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा माओवादी नेता रेवतराज पुरी (गगन पुरी), उनका परिवारका सदस्य, जग्गा खरिदकर्ताहरु, मालपोत र नापीका कर्मचारी र लेखापढी कानुन व्यवसायीलगायतका विचौलियाविरुद्ध मुद्दा दायर भएको हो ।

पुरीविरुद्ध अख्तियारले दुईवटा फरक फरक मुद्दामा ९ करोड रुपैयाँ भन्दा बढी बिगो माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्