Logo
Logo

टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले त्रिदेशीय टि-२० सिरिजका लागि नेपाली टोलीको घोषण गरेको छ । रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टोली घोषणा भएको हो ।

टोलिमा तीव्र गतिका बलर राशीद खान, आरिफ शेख अनिल शाह र सागर ढकाल थपिएका छन् । त्यस्तै ओडीआई टोलीमा नरहेका प्रतिश जिसी, अभिनाश बोहोरा लगायतका खेलाडीलाई पनि टी-२० टोलीमा समावेश गरिएको छ ।

नेपालले घरेलु मैदानमा मंगलबारदेखि नामिबिया र नेदरल्याण्डसँग टी-२० सिरिज खेल्दै छ ।

प्रतिक्रिया दिनुहोस्