काठमाडौं । नेकपा माओवादी केन्द्रको आज स्थायी समिति बैठक बस्दैछ । बैठक अहिले बिहान साढे आठ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने पार्टी प्रवक्ता अग्नि सापकोटाले बताए ।
आइतबार अपराह्न बसेको पदाधिकारीको अनौपचारिक बैठकले आजको लागि स्थायी समिति बैठक तय गरेको हो । प्रवक्ता सापकोटाका अनुसार आइतबार बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशका इञ्चार्ज लगायतको कार्यविभाजनका सन्दर्भमा गृहकार्य गर्न पदाधिकारीलाई जिम्मेवारी दिएका थिए ।

आज बस्ने बैठकमा सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउने, अनुचि लेनदेन (मिटरब्याज) पीडित र सहकारीका समस्या सम्बोधन गर्ने विषयमा छलफल हुने बताइएको छ ।
हालै सम्पन्न विधान सम्मेलन यता पार्टीका शीर्षनेताको कार्यविभाजन तथा जनपरिचालनलगायत विषयमा नियमित छलफल गरिरहेको छ । माओवादीले आगामी चैत १ गतेदेखि तराई-मधेसमा अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।














