Logo
Logo

चिनीमा शशिकान्तको अर्बौंको लुट, उखु किसानको सधैँ रुवावासी



काठमाडौं । गएको दशैँ तिहारताका बजारमा चिनीको हाहाकार मच्चियो । एक किलो चिनीका लागि काठमाडौंकै उपभोक्ताहरू घण्टौँ लाइनमा बसेर महंगो मूल्य तिर्नुपर्र्ने बाध्यतामा पुगे । नेपालका चिनी उद्योगहरूबाट उत्पादित चिनीले नेपालको माग पूरा गर्न सक्छ भन्ने भ्रमपूर्ण तथ्यांक सरकारका आधिकारीक निकायहरूमा पेश गरेर चिनी आयातमा चर्को भन्सार र भ्याट वृद्धि गराउन सफल भएका चिनी माफिया हुन् शशीकान्त अग्रवाल । नेपालमा चिनीको कृत्रिम अभाव सृजना गराउने र उपभोक्तालाई सहज चिनी आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङलाई डुबाउन शशीकान्त अहोरात्र लागेका छन् ।

चिनी उत्पादक संघका आजीवन अध्यक्ष रहेका अग्रवालको प्रत्यक्ष लगानी एभरेष्ट चिनी मिल जनकपुरमा रहेको छ । गत दशैंअगाडि चिनीको हाहाकार हुँदा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीका रुपमा रमेश रिजाल नै थिए । वीरगञ्जका रिजालले शशीकान्तलाई बोलाएर चिनीको आपूर्ति सहज बनाइदिन अनुनयबिनय गरे । मन्त्रीको तहबाटै अनुरोध आएपछि शशीकान्त पनि के कम ? मौका यही हो भन्दै सरकारको जमानीमा साल्ट ट्रेडिङलाई आफ्नो स्टकमा रहेको ७ हजार मेट्रिकटन चिनी बेच्न तयार भए ।

प्रतिकेजी नेरु. ६४ रुपैयाँमा भारतबाट तस्करी गरेर जनकपुरस्थित एभरेष्ट चिनी मिलको स्टोरमा राखिएको शशीकान्तको तस्करी गरेर ल्याएको चिनीलाई सरकारको अनुरोधमा साल्ट ट्रेडिङले प्रतिकेजी १ सय १२ रुपैयाँ तिरी दोब्बर मूल्यमा खरिद गर्न बाध्य गराइयो ।
बजारमा चिनी अभावको हल्ला चल्दा प्रतिकेजी ७२ देखि ७५ रुपैयाँमा उपभोक्ताले पाउने गरेका थिए । डबल रिफाइनरी चिनी उत्पादनसमेत गर्दैआएको उक्त एभरेष्ट चिनी मिलले कोकाकोला र पेप्सी कम्पनीलाई दिन ठीक पारेको चिनी नै साल्ट ट्रेडिङलाई बेच्ने हो भनेर फर्जी सहमतिपत्रसमेत बनाए ।

कोकाकोला र पेप्सीलाई दिन ठीक पारेको चिनी उपभोक्ताकोमा लैजान साल्ट ट्रेडिङलाई दिएको भनेर जस लिन खोजेका अग्रवालले ७ हजार मेट्रिकटन चिनी दिने भने पनि ५ हजार ५ सय मेट्रिकटन भन्दा दिएनन् ।

पहिला वाणिज्य तथा आपूर्तिसचिव भएर प्रधानमन्त्री कार्यालयमा सरुवा भएका सचिव गणेश पाण्डेले शशीकान्तको चिनी साल्ट ट्रेडिङलाई अग्रिम भुक्तानी दिएर किनाउनका लागि किन दौडधूप गरेका थिए ? त्यो भने अर्को आश्चर्यको बिषयका रुपमा लिइएको छ ।

जानकारहरू भन्छन्, त्यो समयका बहालवाला वाणिज्य तथा आपूर्तिसचिव मधु मरासिनी भन्दा पनि बढी चासो र दौडधूप पाण्डेले किन गरेका थिए ? आपूर्ति सहज बनाउने नाममा पाण्डेले प्रधानमन्त्री र प्रधानमन्त्री कार्यालयको संयन्त्रको समेत दुरुपयोग गरी तस्करी गरेर गोदाममा थुपारिएको चिनी महंगो मूल्यमा साल्ट ट्रेडिङलाई किन्न बाध्य पारेका थिए ।

वाणिज्य तथा आपूर्ति सचिवबाटै सरुवा भएका हालका मूख्य सचिव बैकुन्ठ अर्याललाई पनि पाण्डेले साल्ट ट्रेडिङलाई तस्करीको चिनी खरिद गराउन सहमत गराएका थिए । प्रतिकेजी १ सय १२ रुपैयाँ ५० पैसामा खरिद गरिएको साल्ट ट्रेडिङले ११५ रुपैयाँमा उपभोक्तालाई बिक्री गरिएको थियो ।

प्याकेजिङ, ढुवानी लगायत अन्य ब्यवस्थापकीय खर्चमा प्रतिकेजी ४ देखि ५ रुपैयाँ लागत खर्च ब्यहोेरेर साल्ट ट्रेडिङले उपभोक्तासम्म चिनी पुर्याएको थियो । जसबाहेक साल्ट ट्रेडिङ आर्थिक नोक्सानी ब्यहोरेर चिनी उपभोक्तासम्म पुरयाएको थियो । प्रत्येक बर्षको पुस १ देखि चैत १५ सम्म चिनी उद्योगका लागि उत्पादन गर्ने समय हो । अहिले संचालनमा रहेका एक दर्जन चिनी उद्योगमध्ये शशीकान्तले संचालन गरेको चिनी उद्योगको उत्पादन बजारमा भेटिंदैन ।

२०७५ सम्म ऊखु किसानका सरकारले दिने भ्याट फिर्ता(रिफन्ड) को ६ अर्ब लिए पनि कृषकलाई नदिएको आरोप उनीमाथि छ । चिनीमा कृत्रिम अभाव सृजना गर्ने, भन्सार बढाएर साल्ट ट्रेडिङलाई चिनी भित्र्याउन रोक्ने, तस्करीको चिनीलाई नेपाली उत्पादनको छाप लगाएर भ्याट असुल्ने र नेपालको अर्थतन्त्र नै खोक्रो पार्नेमा शशीकान्त अग्रपंक्तिमा पर्दछन् । दुर्गा प्रसाईले भनेका २० राजस्व मारामा उनी पर्दछन् ।

अहिले उत्पादन गरेर कार्टेलिङ गरी पछि महंगोमा बेच्ने र अपुग चिनी तस्करीबाट भित्र्याएर आफ्नै उद्योगको उत्पादन भनेर बिक्री गर्ने गरेका शशीकान्तको कर्तुतका बारेमा सरकार जानकार हुँदा पनि उनलाई कुनै कारबाही गर्न सकेको छैन ।

२०७५ सम्म ऊखु किसानका सरकारले दिने भ्याट फिर्ता(रिफन्ड) को ६ अर्ब लिए पनि कृषकलाई नदिएको आरोप उनीमाथि छ । चिनीमा कृत्रिम अभाव सृजना गर्ने, भन्सार बढाएर साल्ट ट्रेडिङलाई चिनी भित्र्याउन रोक्ने, तस्करीको चिनीलाई नेपाली उत्पादनको छाप लगाएर भ्याट असुल्ने र नेपालको अर्थतन्त्र नै खोक्रो पार्नेमा शशीकान्त अग्रपंक्तिमा पर्दछन् । दुर्गा प्रसाईले भनेका २० राजस्व मारामा उनी पर्दछन् ।

अहिले उत्पादनको सिजनमै नेपाली बजारमा चिनीको मूल्य प्रतिकिलो ९५ रुपैयाँ पुर्याइएको छ । जबकि, भारतमा नेरु करिब ७० रुपैयाँ मात्र पर्दछ । यही रफ्तारमा जाँदा बेमौसममा चिनीको मूल्य ११० रुपैयाँभन्दा बढी पर्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्