Logo
Logo

अर्कैको नामबाट कन्सल्टेन्सी सञ्चालन, २१९ जनाबाट करिब ३ करोड ठगी


2.5k
Shares

काठमाडौं । जापान पठाइदिने भन्दै करिब तीन करोड ठगी गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी ७ घर भई हाल काठमाडौंको कागेश्वरी मनहरा बस्दै आएका राजन श्रेष्ठ र झापा गौरादहका ईश्वरी पाण्डे रहेका छन् ।

उनीहरूले अर्काको नागरिकता दुरुपयोग गरी जापान पठाइदिने भन्दै कन्सल्टेन्सी चलाएर २१९ जनाबाट २ करोड ६८ ठगेको प्रहरीले जनाएको छ । नारायणबहादुर राईको नागरिकता दुरुपयोग गरी उनीहरूले नियोनी एजुकेशन कन्सल्टेन्सी दर्ता गरेर ठगी गर्दै आएका थिए ।

उनीहरूले नारायण बहादुर राई र पर्वराज पाण्डेको नाममा कन्सलटेन्सी चलाउँदै आएकाे पाइएकाे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ । पुतलीसडकमा रहेको सोही कल्सलटेन्सीबाट अध्ययन तथा रोजगारीका लागि जापान पठाउने भनी ४ लाखदेखि ७ लाख रुपैयाँसम्म उठाउने गरेका थिए ।

नागरिकता धनी पठाओ चालक रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले आफ्नो नागरिकता १५/१६ वर्ष अगाडि नै हराएको भनेर प्रहरीसमक्ष बयान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्