Logo
Logo

भजन शिरोमणि आचार्यप्रति अन्तिम श्रद्धाञ्जली, राष्ट्रिय सम्मानसहित दाहसंस्कार गरिँदै



काठमाडौं । भजन शिरोमणि भक्तराज आचार्यप्रति कलाकार, राजनीतिज्ञ, समाजसेवी र सर्वसाधारणले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । स्वं आचार्यको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि सानो गौचरणस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । जहाँ श्रद्धाञ्जली व्यक्त गर्नेको भीड लागेको छ ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, प्रतिष्ठानकी कुलपति निशा शर्मा, वरिष्ठ फिल्म निर्देशक नीर शाह, अभिनेता हरिहर शर्मासहित फिल्म अभिनेता, संगीतकर्मी र सर्वसाधारणले आचार्यको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

भजन शिरोमणिका रुपमा प्रख्यात आचार्यको सोमबार अपरान्ह ४ बजे निधन भएको थियो । सयौँ कालजयी गीतका स्रष्टा आचार्यको ८१ वर्षको उमेरमा निधन भएको हो । आचार्यको आजै दिउँसो पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित दाहसंस्कार गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्