Logo
Logo

पशुपतिमा भक्तराज आचार्यको अन्त्येष्टि


1.1k
Shares

काठमाडौं । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको पार्थिव शरीरको अन्त्येष्टि गरिएको छ । आज पशुपति आर्यघाटमा आचार्यको पार्थिव शरीरको अन्त्येष्टि गरिएको हो ।

आचार्यको पार्थिव शरीरमा उहाँका छोराहरू सत्यराज र स्वरूपराजले दागबत्ती दिए । अन्तिम संस्कारअघि आर्यघाटमा पुगेका सङ्गीतकर्मीहरूले आचार्यको सम्मानमा उनको गीत ‘जहाँ छन् बुद्धका आँखा’ गाएका थिए ।

यसअघि आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो । प्रतिष्ठानमा बिहान ११ बजेदेखि नेतादेखि शुभचिन्तक, गीत–सङ्गीत क्षेत्रका व्यक्तित्व तथा कलाकारहरूले आचार्यप्रति श्रद्धाञ्जली दिएका थिए ।

भजनशिरोमणि उपाधि पाउनुभएका भक्तराज आचार्यको हिजो ८२ वर्षको उमेरमा निधन भएको थियो । गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत–सङ्गीत क्षेत्रमै छन् । विसं १९९९ मा धनकुटामा जन्मिएका आचार्यले चार सय वटाभन्दा बढी गीतमा स्वर तथा सङ्गीत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्