Logo
Logo

सरकार र मिटरब्याजीपीडितको वार्ता आज पनि विनानिष्कर्ष


378
Shares

काठमाडौं । सरकार र मिटरब्याजीपीडितबीच आजको वार्ता पनि विनानिष्कर्ष टुङ्गिएको छ ।

गृहमन्त्रालयमा भएको वार्तामा सरकारले आफ्ना माग पूरा गर्न पहल नगरेको मिटरब्याजपीडितका प्रतिनिधिले बताए । माग पूरा नभएसम्म घर नफर्कने उनीहरुको अडान छ । वार्ता भइरहदा उनीहरुले आन्दोलन पनि जारी राखेका छन् ।

भृकुटीमण्डपदेखि खाली खुट्टा भद्रकाली, सुन्धारा हुँदै हिँडेर शान्ति वाटिका पुगेका उनीहरुले विरोध सभा गरेका थिए । मिटरब्याजपीडित न्याय खोज्दै २३ दिनको कष्टपूर्ण पैदल यात्रापछि काठमाडौं आएका हुन् ।

काठमाडौं आइपुगेको पनि ५ दिन बितिसकेपछि बल्ल सरकारले वार्तामा बोलाएको थियो । उनीहरु भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आश्रय लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्