Logo
Logo

माओवादीको प्रदेश इन्चार्ज हेरफेर, कहाँ कसलाई जिम्मेवारी ?



काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको छ । मंगलबार बसेको स्थायी समिति बैठकले सबै प्रदेशका इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको हो ।

कोशी प्रदेशमा उपमहासचिव हरिबोल गजुरेल इन्चार्ज्, केन्द्रीय सदस्य सावित्रीकुमार काफ्ले सहइन्चार्ज भएका छन् । मधेसमा इन्चार्ज सचिव लीलामणि पोखरेल, सहइन्चार्ज विश्वानाथ साह, बागमती प्रदेशमा उपाध्यक्ष अग्निप्रसाद सापकोटा इन्चार्ज र सहइन्चार्ज चुन्न बाँकी रहेको छ ।

गण्डकीमा सचिव दीनानाथ शर्मा इन्चार्ज र केन्द्रीय सदस्य हरिराज अधिकारी सहइन्चार्ज, लुम्बिनीमा सचिव चक्रपाणि खनाल इन्चार्ज, स्थायी समिति सदस्य कुलप्रसाद केसी सहइन्चार्ज, कर्णालीमा स्थायी समिति सदस्य कालीप्रसाद मल्ललाई इन्चार्जको जिम्मेवारी दिइएको छ भने सहइन्चार्ज चुन्न बाँकी रहेको छ ।

सुदूरपश्चिममा उपमहासचिव गिरिराजमणि पोखरेल इन्चार्ज र केन्द्रीय सदस्य बिना मगरलाई सहइन्चार्जको जिम्मेवारी दिइएको छ । यस्तै प्रवासतर्फ मध्यपूर्वमा इन्चार्ज उपाध्यक्ष पम्फा भुसाल, भारतमा केन्द्रीय सदस्य लक्ष्मण पन्त, युरोप अमेरिकामा सचिव सुरेन्द्रकुमार कार्की, विशेष प्रदेश समितिमा सचिव हितमान शाक्य र सहइन्चार्ज स्थायी समिति सदस्य यशोदा सुवेदीलाई जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्