Logo
Logo

लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा



काठमाडौं । नेपाल वाफ वुमन्स (वाफ) च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति सम्पन्न खेलमा लेबनानलाई २-१ गोलान्तरले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

खेलको ३८ औँ मिनेटमा पूजा रानाको आत्मघाती गोलमा नेपाल पहिलो हाफमा पछि परेको थियो । गोलकिपर एञ्जिला सुब्बालाई ब्याक पास दिने क्रममा आत्मघाती गोल भएको थियो । पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा शानदार पुनरागमन ग¥यो ।

सावित्रा भण्डारीले नेपालका लागि ७६ औं मिनेटमा बराबरी गोल फर्काइन् । खेलको इञ्जुरी समयमा प्रिति राईले डीबक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेपछि नेपाल विजयी बनेको हो । नेपालले अब उपाधिका लागि बिहीबार जोर्डनसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्