Logo
Logo

शर्मिला वाइबा सिन्धुपाल्चोकबाट पक्राउ


12.3k
Shares

काठमाडौं । प्रहरीले आफुलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरीको अनुरोधमा उनलाई बाह्रबिसेबाट पक्राउ गरिएको सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले बताए ।

वाइबाले आफूलाई सामाजिक अभियन्ता बताउँदै अरूको निजी जीवनको बारेमा खोतलेर युट्युबमा राख्ने गरेका थिए ।
काठमाडौंमा उजुरी परेको थाहा पाएपछि भागेर सिन्धुपाल्चोक पुगेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

ब्ल्याकमेलिङ गरेको र कुटपिट तथा अङ्गभङ्गको मुद्दामा प्रहरीले वाइबालाई पक्राउ गरेको हो । उनलाई प्रहरीले काठमाडौं ल्याउने तयारी गरेको छ । उनी विरुद्ध प्रहरी वृत्त महाराजगन्जमा उजुरी परेको थियो ।

हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ का श्रीमती सुम्निमा खालिङले आफूलाई पवनले श्रीमतीको रूपमा घरमा पनि नराखेको र डिभोर्स पनि नदिएको आरोप लगाएका थिए ।

त्यसपछि शर्मिला वाइबालगायतले ‘म्याकुरी’लाई कुटेका थिए । एक युवतीलाई गर्भवती भएको नाटक गर्न लगाएर शर्मिलाले पवनलाई ब्ल्याकमेलिङ गरेको आरोप छ ।

शर्मिलामाथि सीसीटीभी फुटेज दूरुपयोग गरेको समेत आरोप छ । अनुसन्धानको क्रममा सम्बन्धित अधिकारीले बाहेक अरूले सीसीटीभीको फुटेज हेर्न, सार्वजनिक गर्न पाइँदैन ।

तर, शर्मिलाले पवनको भिडिओ युट्युबबाट सार्वजनिक गरेका थिए । ‘म्याकुरी’को घर झगडा प्रहरीमा पनि पुगेको थियो । तर, पछि सोसल मिडियामा छताछुल्ल भएको हो ।

प्रतिक्रिया दिनुहोस्