Logo
Logo

माओवादी प्रदेश इञ्चार्ज र सह-इन्चार्जको जिम्मेवारी हेरफेर: को कहाँ ? (सूची)


24.1k
Shares

काठमाडाैं । नेकपा माओवादी केन्द्रले सातवटै प्रदेश र प्रवासका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ । बुधबार बिहान बसेको स्थायी कमिटी बैठकले सातवटै प्रदेशमा इन्चार्ज र सह इन्चार्ज तोकेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

उनका अनुसार बैठकले हरिबोल गजुरेललाई कोशी, लीलामणि पोखरेललाई मधेश, अग्नि सापकोटालाई बागमती, दीनानाथ शर्मालाई गण्डकी, चन्द्रप्रकाश खनाललाई लुम्बिनी, कालीबहादुर मल्ललाई कर्णाली र गिरिराजमणि पोखरेललाई सुदूरपश्चिम प्रदेश इन्चार्ज बनाउने निर्णय माओवादीले गरेको छ ।

को कहाँ ?
कोशी प्रदेश इन्चार्ज: उपमहासचिव हरिबोल गजुरेल, सह–इन्चार्ज सावित्रीकुमारी काफ्ले

मधेस प्रदेश इन्चार्ज: सचिव लिलामणि पोखरेल, सह–इन्चार्ज स्थायी समिति सदस्य विश्वनाथ साह

बागमती इन्चार्ज: उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटा, सह इन्चार्ज बाँकी

गण्डकी इन्चार्ज: दीनानाथ शर्मा सहइन्चार्ज हरिराज अधिकारी

लुम्बिनी इन्चार्ज: चक्रपाणि खनाल, सह इन्चार्ज कुलप्रसाद केसी

कर्णाली इन्चार्ज: कालीबहादुर मल्ल

सुदूरपश्चिम इन्चार्ज: गिरिराजमणि पोखरेल, सह इन्चार्ज विना मगर

प्रवास प्रदेश समिति इन्चार्ज: पम्फा भुसाल

भारत प्रवास इन्चार्ज: लक्ष्मण पन्त, सह इन्चार्ज टिबी पाठक

प्रवास युरोप अमेरिका इन्चार्ज: सुरेन्द्रकुमार कार्की

विशेष प्रदेश इन्चार्ज: हितमान शाक्य, सह इन्चार्ज यशोदा सुवेदी

प्रतिक्रिया दिनुहोस्