Logo
Logo

सेती नदीको बाँध खोलिंदै, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह


378
Shares

काठमाडौं । आज सेती नदीको बाँध खोलिने भएको छ । पोखरामा माछा मार्ने क्रममा बेपत्ता युवकलाई खोज्न आज बिहान ८ बजेदेखि दीपमा रहेको बाँध खोल्न लागिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले बाँध खोल्दा तल्लो तटीय क्षेत्रमा पानीको बहाव बढ्ने भएकाले सुरक्षित रहन आग्रह गरेको छ । ‘उक्त समयमा सेती नदीमा पानीको बहाव बढ्न सक्ने हुँदा वरिपरि काम गर्ने तथा आवतजावत गर्ने मानिसहरु चनाखो भई कार्य गर्नुहुन, नदीको किनारमा नजानुहुन र सतर्कता अपनाउनुहुन अनुरोध छ’, प्रहरीले सूचनामा भनेको छ ।

सेती नदीमा माछा मार्ने क्रममा फागुन १३ गते साँझबाट पोखरा १ सिम्पानीका सार्की (मानबहादुर) लामा तामाङ सम्पर्कविहीन छन् । १४ गतेबाट नेपाल प्रहरी, सशस्त्र प्रहरीका गोताखोरले खोज्दा पनि फेला नपरेपछि बाँध खोल्न लागिएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी श्रवणकुमार बिकले बताए ।

पोखरा महानगरपालिका–१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा एकजना मृत फेला परेका थिए । मृत फेला पर्नेमा पोखरा १, कसेरी बस्ने ४० वर्षीय गंगा तामाङ छन् । सँगै माछा मार्न गएका तीन जनाको सकुशलै उद्धार हुँदा तामाङको अवस्था भने अहिलेसम्म अज्ञात छ ।

प्रतिक्रिया दिनुहोस्