Logo
Logo

नामिबियालाई नेदरल्याण्ड्सले दियो २४८ रनको विशाल लक्ष्य



काठमाडौं । त्रिकोणात्मक टी–२० शृंखलामा नेदरल्याण्ड्सले जितका लागि नामिबियालाई २४८ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन बनाएको हो ।

उसका लागि मिचेल लेभिटले १३५ रन बनाए । यो त्रिवि क्रिकेट मैदानमा टी-२० आई क्रिकेटमा बनेको अहिलेसम्मकै उच्च स्कोर हो । बलिङमा नामिबियाका रुबेन ट्रम्पलम्यानले सर्वाधिक २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्