Logo
Logo

एक जिल्लाबाट अर्काे जिल्लामा सार्वजनिक यातायातमा रोक


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ९ चैत ।
सरकारले सोमबारदेखि लामो दुरीका सार्वजनिक मात्र नभई काठमाण्डौ उपत्यका बाहेक अरु ठाउँमा एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नदिने भएको छ । संक्रमणको उच्च जोखिम देखिएपछि सरकारले यस्तो निर्णय गर्न लागेको हो । संक्रमण देखिएकामा अत्यावश्यक अवस्थामा बाहे सार्वजनिक यातायात नै रोक गर्न लागिएको छ ।


सोमबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका महानिर्देशक गोगन हमालले सोमबारदेखि काठमाण्डौ, ललितपुर र भक्तपुरभित्र गाडी ओहोर दोहार गर्न पाइने भए पनि काठमाण्डौबाहिरका सबै ठाउँमा भने एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने जानकारी दिउ । यो नियम उपत्यकाका तीन शहर बाहेक सबैतिर लागु हुने उनको भनाई छ ।

महानिर्देशक हमालका अनुसार सरकारले यात्रु ओसार्ने सार्वजनिक, निजी र भाडाका चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सबै यातायातका साधनमा यो नियम लागु हुनेछ । तर यो बेलामा पनि एम्बुलेन्स, पानी, औषधि, दूध लगायतका अत्यावश्यक सेवाका गाडी भने चल्न पाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्