Logo
Logo

आज युरो र पाउन्डको मूल्य बढ्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज युरो र पाउन्डको मूल्य बढ्दा अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती दिनार, बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ ।

आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९७ पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९८ पैसा थियो ।

त्यसैगरी युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०९ रहेको छ । हिजो युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ २० र बिक्रीदर १४३ रुपैयाँ ८४ पैसा थियो।

बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ५२ पैसा र बिक्रीदर १६८ रुपैयाँ २८ पैसा निर्धारण भएको छ । हिजो बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६८ रुपैयाँ २१ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ र बिक्रीदर ८६ रुपैयाँ ३९ पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ०५ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४४ पैसा थियो।

त्यसैगरी कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ २१ पैसा र बिक्रीदर ४३२ रुपैयाँ १६ पैसा, बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ७१ पैसा निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्