Logo
Logo

राष्ट्रियसभा अध्यक्षको उम्मेदवार सहमतिमै टुग्याउँछौंः माधव नेपाल


1k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रियसभा अध्यक्षका उम्मेदवार सहमतिमा टुंगो लगाउने दाबी गरेका छन् । ‘भरतपुर भ्रमण वर्ष–२०२४’ को उद्घाटन गर्न भरतपुर पुगेका उनले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धनमा आवद्द दलहरुले राष्ट्रियसभा अध्यक्षमा छुट्टाछुट्टै दाबी गरेपनि उम्मेदवार सहमतिमा टुंगो लगाउने बताएका हुन् ।

सत्ता साझेदार प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आ–आफ्ना उम्मेदवार उठाउने बताइरहँदा गठबन्धन फुट्न लागेको पनि चर्चा भइरहेको छ । सो विषयमा अध्यक्ष नेपालले गठबन्धन फुट्ने सम्भावना नरहेको दाबी गरे । उनले भने, ‘गठबन्धन दलहरुबीच कुनै विवाद छैन । सबै पार्टीले आआफ्ना उम्मेदवार उठाउने निर्णय आएको छ । हामी सहमतिमै उम्मेदवार टगो लगाउँछौं ।’

प्रतिक्रिया दिनुहोस्