Logo
Logo

राजधानीका अधिकांश शपिङ मल बन्द


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ चैत । राजधानीका अधिकांश ठूला शपिङ मल र व्यापारिक प्रतिष्ठान आइतबारबाट बन्द भएका छन् । सरकारले अत्यावश्यक वस्तुबाहेक अन्य क्षेत्र बन्द गर्ने घोषणासँगै शपिङ मल र व्यापारिक प्रतिष्ठानहरु बन्द गरिएको हो ।
राजधानीको न्युरोडस्थित विशाल बजार, पिपुल्स प्लाजा, काठमाडौं मल, रञ्जना ट्रेड सेन्टर, सिभिल मललगायतका व्यापारिक प्रतिष्ठान बन्द भएका छन् । उनीहरुले सुचना जारी गर्दै बन्द गरिएको जनाएका हो ।
कोरोना भाइरसको संक्रमण महामारीको रुपमा फैलिएपछि त्यसमा सर्तकता र सजकता अपनाउन सरकारले यसअघि नै सम्पूर्ण अन्तर्राष्ट्रिय उडान र सीमाहरु बन्द गर्ने निर्णय गरेको छ । राष्ट्रिय व्यापार संघले शेल्फ क्वारेन्टाइनमा बस्न व्यापारिक प्रतिष्ठानहरु बन्द गर्नु परेको जनाएको छ । केही पसल सोमबारदेखि पूर्णरुपमा अवस्था समान्य नहुँदासम्म बन्द हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्