Logo
Logo

टि-२० सिरिज : नेदरल्याण्ड्सलाई जित्नैपर्ने दवावमा नेपाल



काठमाडौं । त्रिकोणात्मक टि–२० आई सिरिजमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ११ः३० बजे सुरु हुनेछ ।

अघिल्ला तीनमा १ खेलमात्रै जितेको नेपाललाई आजको खेल सिरिजको फाइनलमा पुग्नका लागि जित्नैपर्ने दबाब छ ।
नेपाल नामिबियासँगको पहिलो खेलमा २० रनले पराजित भएको थियो । नेदरल्याण्ड्ससँगको पहिलो खेलमा २ रनले पराजित भएको थियो ।

यस्तै, शुक्रबार नामिबियासँग भएको दोस्रो खेल भने नेपालले ३ रनको रोमाञ्चक जित हात पारेको थियो । आज नेदरल्याण्ड्सविरूद्ध जित निकाल्न सके नेपाल सिरिजको फाइनल पुग्ने सम्भावना कायम रहन्छ । सिरिजमा दुई खेलमात्रै खेलेको नेदरल्याण्ड्स दुवै खेलमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा छ । नेपाल र नामिबियाको २–२ अंकसहित बराबरीमा छन् ।

आजको खेल जित्यो भने नेपालको दुई अंक जोडिन्छ । नामिबियाले भोलि नेदरल्याण्ड्ससँग खेल्दैछ । नेपालले आज जित्दा र भोलि नामिबियाले हार्दा नेदरल्याण्ड्स र नेपालले सिरिजको फाइनल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्