Logo
Logo

पुटिन भन्छन्- अन्तरिक्षमा आणविक हतियार राख्ने कुरा ‘निराधार’ र ‘नक्कली कथा’मात्र


एजेन्सी


मस्को । रुसले अन्तरिक्षमा आणविक हतियार तैनाथ गर्ने कुनै योजना नबनाएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । शुक्रबार देशको सुरक्षा परिषद्का सदस्यहरूसँगको बैठकमा उनले सो कुरा बताएका हुन् ।

‘हामीले पहिले नै अन्तरिक्षमा आणविक हतियार तैनाथ गर्ने भन्ने निराधार हल्लाको झूटा आरोपहरूबारे स्पष्ट पारिसकेका छौं, यी पश्चिमाहरूले चलाएको हल्लामात्र हो’ राष्ट्रपतिलाई उद्धृत गर्दै क्रेमलिनले भनेको छ ।

बिहीबार आफ्नो वार्षिक स्टेट अफ नेशन सम्बोधनमा राष्ट्रपति पुटिनले त्यस्ता आरोपहरूलाई ‘निराधार’ र ‘नक्कली कथा’मात्र भएको उल्लेख गरेका हुन् ।

रुसले आणविक अन्तरिक्ष हतियारको विकासमा काम गरिरहेको अमेरिकी गुप्तचर तथ्याङ्कले खुलासा गरेको दाबी गर्ने पश्चिमी सञ्चार माध्यमको हल्लापछि यस्तो प्रतिक्रिया आएको हो ।

प्रतिक्रिया दिनुहोस्