Logo
Logo

आजपाद्वारा दुई नेतालाई साधारण सदस्यसमेत नरहने गरी निस्कासित


693
Shares

रौतहट । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले पार्टीका दुई नेतालाई कारबाही गरेको छ । पार्टी विधान, नीति तथा कार्यक्रमका विरुद्धमा लागेका भन्दै आजपाले कुन्दन कुशवाहा र रामप्रीत रामलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।

आजपाका उपमहासचिव एवं प्रवक्ता चन्द्रभूषण साहले एक विज्ञप्ति जारी गर्दै उनीहरूलाई पार्टीबाट निष्कासन गरिएको जानकारी दिएका छन् । राम आजपाको उपाध्यक्षको जिम्मेवारी रहेका थिए भने पूर्वप्रदेश सांसद कुशवाहा पार्टीको उपमहासचिवको जिम्मेवारीमा रहेका थिए ।

‘हाम्रो गौरवशाली पार्टी आम जनता पार्टीले स्थापना कालदेखि नै जनपक्षीय मुद्दाहरूमा एकपछि अर्को सफलता हासिल गर्दै आम जनतामा ठुलो आत्मविश्वास एवं आशा जागृत गरिरहेको सन्दर्भमा देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरूले हामीमाथि निरन्तर हमला गरिरहेको विषय जगजाहेर नै छ’ विज्ञप्तिमा भनिएको छ, ‘यसैबिच पार्टी निर्माणको गतिलाई अवरोध तथा आन्दोलनलाई घात पुग्ने गरी प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा पार्टी विरोधी अवाञ्छित गतिविधिहरूमा संलग्न रहेको विषय पुष्टि भएकोले रामप्रीत राम र कुन्दन कुशवाहालाई पार्टीबाट निष्कासन गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्