Logo
Logo

गणतन्त्र आएपछि पूर्वाधार क्षेत्रमा तीव्र विकास भएको छ : वर्षमान पुन


189
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले गणतन्त्रको पछिल्लो १५ वर्षको समयावधिमा देशमा स्वास्थ्य, शिक्षा, खेलकुद, भौतिक पूर्वाधार निर्माणलगायत सबै क्षेत्रमा तीव्र विकास भएको बताएका छन् ।

काठमाडौंमा शनिबार प्रथम शहीद स्मृति बागमती प्रदेश रनिङ शिल्ड प्रतियोगिताको खेलाडी सम्मान तथा शहीद बेपत्ता परिवार सम्मान कार्यक्रममा बोल्दै नेता पुनले देशमा गणतन्त्र आएपछि तुलनात्मक रूपमा शिक्षा, स्वास्थ्य, खेलकुद, पूर्वाधारलगायतका क्षेत्रमा तीव्र विकास भएको बताएका हुन् ।

उनले भने, ‘हामीले ३० वर्षको पञ्चायत हेर्यौं, त्यसपछिको राजतन्त्रात्मक संसदीय व्यवस्था पनि हेर्यौं । त्यसयताको व्यवस्थामा भएका कामलाई तुलनात्मक रूपले हेर्यौं भने शिक्षा,स्वास्थ्य,भौतिक पूर्वाधार,खेलकुद सबै क्षेत्रमा तीव्र विकास भएको छ ।’
उनले खेलकुदको विकासमा आफ्नो सरकारले प्राथमिकता दिएकै कारण क्रिकेट, भलिबल र महिला फुटबलमा राम्रो नतिजा आएको बताए ।

‘समग्र खेलकुदको विकासको लागि प्रधानमन्त्री र सरकारले गरिराखेको प्रयत्नमा क्रिकेटमा राम्रो रिजल्ट आएको छ । भलिबलमा राम्रो नतिजा आएको छ’ उनले भने, ‘खासगरी महिला फुटबलमा राम्रो परिणामहरू देखिएको छ। सरकारले खेल क्षेत्र र खेलाडीलाई प्रोत्साहन गरिराखेको छ ।’

प्रतिक्रिया दिनुहोस्