Logo
Logo

नेपालले हङकङमा टी-२० सिरिज खेल्ने



काठमाडौं । नेपालले आउँदो साता हङकङमा त्रिदेशीय टी-२० सिरिज खेल्ने भएको छ । नेपालले फागुन २६ (मार्च ९) देखि ३० गतेसम्म हङकङमा त्रिदेशीय टी-२० सिरिज खेल्न लागेको हो ।

सिरिजमा नेपालसहित हङकङ र पिएनजी सहभागी हुनेछन् । नेपालले फागुन २६ मा नेपालले हङकङसंग फ्रेन्डसीप खेल खेल्नेछ ।

सिरिजको पहिलो खेल हङकङसंग फागुन २७ र दोस्रो खेल पपुवा न्युगिनिसँग फागुन २९ गते खेल्नेछ । फाइनल खेल फागुन ३० गते हुनेछ । नेपालले फागुन २६ मा हङकङसंग फ्रेन्डसीप खेल खेल्नेछ ।

नेपाल क्रिकेट संघले याे सिरिजकाे औपचारिक घोषणा गरिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्