Logo
Logo

घरयासी विवादमा श्रीमतीको हत्या गरेर फरार


1.8k
Shares

संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारीमा श्रीमतीको हत्या गरेर श्रीमान फरार भएका छन् ।

खाँदबारी नगरपालिका –७ स्थित आर्मी क्याम्पनजिकै घरयासी विवाद हुँदा श्रीमतीको हत्या गरेर श्रीमान फरार भएका हुन् । गएराति खाँदबारी–७ स्थित आर्मी क्याम्पनजिकै २६ वर्षीया विना राईको हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोक जगेवुले जानकारी दिए ।

घरयायी विवाद हुँदा खाँदबारी नगरपालिका –११ आङ्ला घरभई खाँदबारी बस्ने २७ वर्षीय मङ्सिरे शेर्पाको कुटपिटबाट श्रीमती विनाको हत्या भएको प्रहरी निरीक्षक जगेवुले बताए । शेर्पाले कुटपिट गरी श्रीमती विनाको हत्या गरेको खुल्न आएको प्रहरी निरीक्षक जगेवुले बताए ।

मृतक राईको शरीरका विभिन्न भागमा चोट र नीलडाम देखिएको छ । हत्यालगत्तै शेर्पा फरार भएकाले शेर्पाको खोजी भइरहेको प्रहरीले जनाएको छ । शेर्पा खाँदबारी नगरपालिका –११ आङ्ला घरभई खाँदबारी नगरपालिका–१ मा बस्दै आएका थिए ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि संखुवासभा जिल्ला अस्पतालमा राखिएको छ । शेर्पा केही वर्षयता सवारी चालक पेशामा आबद्ध थिए ।

प्रतिक्रिया दिनुहोस्