काठमाडौं, ९ चैत ।
सरकारले एक साताका लागि भारत र चीनसँगको नाका बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले सम्भावित संक्रमण रोक्नका लागि यस्तो निर्णय गरेको हो ।

त्यस्तै बैठकले कोरोना नियन्त्रणका लागि ५० करोड रुपैयाँको केन्द्रीय कोष बनाउने निर्णय गरेको छ । कोषका लागि मन्त्रिहरुले एक महिनाको तलब दिने भएका छन् ।
बैठकले अन्य प्रशासनिक निर्णयहरु समेत गरेको छ ।












