Logo
Logo

शालीन मृत्यु प्रकरणको यथार्थ छानबिन गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री


378
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १४ वर्षीय बालिका शालीन पोखरेल मृत्यु प्रकरणको यथार्थ छानबिन गर्न सरकार दृढ र प्रतिबद्ध रहेको बताएका छन् । शनिवार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले सो घटनाको यथार्थ छानबिन गरी परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिबद्ध रहेको बताएका हुन् ।

‘घटनाको गहन छानबिन गरी सत्य तथ्य पत्ता लगाउन मैले यसअघि नै गृह मन्त्रालयलाई निर्देशित गरिसकेको छु। घटनाको यथार्थ छानबिन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिबद्ध छ,’ उनले भनेका छन् ।

प्रधानमन्त्री प्रचण्डले पोखरेलको मृत्युले आफूलाई गम्भीर र दुःखी तुल्याएको समेत बताएका छन् । शुक्रवार पोखरेल चितवनको एकता शिशु निकेतन स्कुलको होस्टेलमा मृत अवस्थामा फेला परेकी थिइन् । पोष्टमार्टम रिपोर्टमा उनको मृत्यु आत्महत्याका कारण भएको उल्लेख गरिएको छ । तर, परिवारले भने बलात्कारपछि हत्या गरेको भन्दै घटना लुकाउन आत्महत्या बनाइएको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्