सुनसरी । सुनसरीको इटहरीमा भएको आगलागीमा परि एकजना महिलाको मृत्यु भएको छ । इटहरीस्थित बिपी चोकमा रहेको विष्णु खड्काको घरमा गएराित भएको आगोलागीमा परि ५२ वर्षीया गोपीमाया कट्टवालको मृत्यु भएको हो ।
उक्त घरमा कट्टवाल छोरा–बुहारीसँग डेरामा बस्दै आएकी थिइन् । छोरा बुहारीसँग बस्दै आएकी कट्टवालले आफैँले आगो लगाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । कट्टवालका छोरा–बुहारी सुतेको कोठामा ताला लगाइएको थियो र
छोरा बुहारी सुतेको कोठामा ताला लगाएर कट्टवालले कोठामा आगो लगाएको हुन सक्ने प्रहरीको अनुमान छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले घटनाको अनुसन्धान भइरहेको बताए ।
सोही घरको माथिल्लो तलामा भने इटहरी उपमहानगरका पूर्वउपमेयर तथा एमाले केन्द्रीय सदस्य लक्ष्मी गौतम बस्दै आएकी छन् । उनले मध्य रातमा घरमा आगो लागेको बताइन् । आगोलागीबाट कट्टुवाल सुतेको कोठमा मात्रै क्षति भएको छ ।














