Logo
Logo

आज नामिबिया र नेदरल्याण्डस भिड्दै



काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा आज नामिबिया र नेदरल्याण्डसबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ११ः ३० बजेदेखि शुरु हुने छ । यस सिरिजमा नेदरल्याण्डले ३ खेलमा २ जित हासिल गर्दै ४ अंक हासिल गरेको छ र अहिले अंक तालिकामा शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै नेपालले ४ खेलमा २ जितसहित ४ अंक हासिल गरेको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै नामिबियाले ३ खेलमा २ अंक हासिल गरेर तेस्रो स्थानमा रहेको छ । आज खेलपछि फाइनलमा पुग्ने दुई देशको टुंगो लाग्ने छ ।

प्रतिक्रिया दिनुहोस्