Logo
Logo

हङकङमा हुने त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोली घोषणा



काठमाडौं । आगामी साता हङकङमा हुने त्रिकोणात्मक टी–२० आई सिरिजका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

नेपालले हङकङमा आगामी ९ मार्चदेखि टी–२० आई त्रिकोणात्मक सिरिज खेल्दै छ । सिरिजमा नेपाल, हङकङ र पपुवा न्युगिनीबीच खेल हुनेछ । त्रिकोणात्मक सिरिजमा फागुन २७ (१० मार्च) मा नेपाल र हङकङबीच खेल हुनेछ ।

फागुन २९ (१२ मार्च) मा नेपालले पवुवा न्युगिनीसँग खेल्नेछ । दोस्रो खेलमा सोही दिन हङकङ र पपुवा न्युगिनीबीच दोस्रो खेल हुनेछ । फागुन ३० मा त्रिकोणात्मक सिरिजको फाइनलमा पुग्ने दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाली टोली
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, रशिद खान, करन केसी, सागर ढकाल, प्रतिश जीसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्